केमिकल प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु

काठमाडौं। भारतको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको ज्यान गएको छ। बिबिसीका अनुसार आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल प्लान्टमा बिहीवार बिहान ग्यास लिक हुँदा तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ। उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ। धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन्। विशेषगरी वृद्ध र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन्।

ग्यास लिक भएको केमिकल प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रांइभेट लिमिटेडको हो।

जिल्ला अधिकारी विनय चाँदलाई उधृत गर्दै बिबिसीले यो दुर्घटनामा करिब दुई सय मानिस बिरामी परेको उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया