लसुनः यसरी सेवन गरे फाइदै फाइदा

काठमाडौं। खानामा लसुनको स्वाद धेरैलाई मन पर्छ तर यसका प्राकृतिक गुण र लाभका बारेमा भने धेरैलाई थाहा नहुन सक्छ। विशेषगरी काँचो लसुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसका केही विशेष फाइदाहरु यस्ता छन्।

१. रगत शद्धिकरण
के तपाई अनुहारमा बारम्बार आउने डन्डिफोरले दिक्क हुनुभएको छ? छ भने तपाईँको समस्या लसुनले सजिलै समाधान गर्न सक्नेछ। विशेषगरी काँचो लसुनले तपाईँको रगतलाई शुद्ध पारेर डन्डिफोर हटाउन मद्दत गर्छ। यसका लागि दुई पोटी लसुनलाई मनतातो पानीसँग बिहान खालिपेटमा खाने गर्नुहोस्। अझ तपाईँलाई तौल पनि नियन्त्रण गर्ने मन भएमा एउटा कागती पनि त्यसमा निचोरेर खाने गर्नुहोस्। हरेक बिहान यसरी नियमित सेवन गर्ने गरेमा तपाईँको रगत र शरीरबाट अशुद्ध पदार्थहरू हटेर जानेछन्।

२. चिसो र रुघाखोकीबाट बच्न
यदि तपाई चिसो र रुघाखोकीको चपेटामा पर्नुभएको छ भने चिन्ता नगर्नुहोस्। ३ पोटी लसुनलाई दैनिक काँचै वा चियामा हालेर, पानीमा हालेर सेवन गरेमा छिट्टै राहत पाउन सक्नु हुनेछ। रुघाखोकी ठीक पार्ने मात्र नभएर लसुनले प्रतिरोधात्मक शक्ति पनि बलियो बनाउन प्रभावकारी सावित भएको छ।

३. मुटुसम्बन्धी रोगबाट बचाउँछ
लसुनलाई दैनिक खाद्यपदार्थमा प्रयोग गर्न सकियो भने यसले तपाईँको कोलेस्ट्रोल नियन्त्रण गर्न धेरै मद्दत गर्छ। यसमा हुने एन्टिअक्सिडेन्ट गुणमा धेरै औषधीजन्य गुणहरू हुने भएकाले पनि पूरै पाकेको लसुन मुटुका लागि धेरै फाइदाजनक हुन्छ। यसलाई काँचो सेवन गरेर पनि धेरै फाइदा लिन सकिन्छ।

४. एन्टिब्याक्टेरियल गुणयुक्त
लसुनमा एन्टिब्याक्टेरियल गुण हुने भएकाले यसले विशेषगरी बच्चाहरूलाई जुका र अन्य पेटमा पुग्न सक्ने किराहरुलाई नष्ट गर्न मद्दत गर्छ। त्यस्तै थोरै मात्रामा लसुन मिसाएर मुख कुल्ला गर्ने गरेमा यसले दाँत र मुखसम्बन्धी समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ।

५. क्यान्सरबाट जोगाउन
विभिन्न अनुसन्धान र अध्ययनहरूले दैनिक लसुन सेवन गरेमा यसले पेटसम्बन्धी विभिन्न क्यान्सरबाट बचाउन सक्ने बताएका छन्। यसले क्यान्सरका विरुद्ध शरीरको प्रतिरोधात्मक शक्तिलाई बलियो बनाउन मद्दत गर्दछ।

६. छाला र कपालका लागि
लसुन हाम्रो छालाका लागि चमत्कार सावित हुन सक्छ। यसलाई विभिन्न तरिकाले प्रयोजनमा ल्याउन सकेमा छाला सम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ र डन्डिफोरबाट समेत मुक्त हुन सकिन्छ। यति मात्र नभएर यसमा पाइने विभिन्न तत्वहरूले छालालाई चाउरी पर्नबाट पनि जोगाउँछ।

प्याज जस्तै लसुनले पनि कपाल झर्ने समस्याबाट राहत दिलाउन सक्छ। लसुनको तेलले कपालमा मसाज गर्यो भने यसले बिग्रिएको कपाललाई सपार्न र स्वस्थ राख्न मद्दत गर्छ।

लसुन सेवन गर्दा यी कुराहरुबारे भने ख्याल राख्नुपर्दछः
दमका रोगीहरुले लसुन सेवन गर्नु हुँदैन किनकी यसले उनीहरुलाई नकारात्मक प्रभाव पार्न सक्छ। त्यस्तै कुनै पनि किसिमको शल्यक्रिया गर्नु भन्दा अगाडि लसुन सेवन गर्नु हुँदैन। अर्को कुरा दिनमा एकैचोटी ३ पोटी भन्दा धेरै लसुन सेवन गर्नु हुँदैन।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया