यसकारण अदुवा फाईदाजनक

हामीले भान्छामा प्रयोग गर्ने अदुवाले तरकारीलाई माीठो स्वाद दिन्छ । तर अदुवाले तरकारीलाई स्वाद मात्रै नभई मानिसको स्वास्थ्यलाई समेत निकै फाईदाजनक छ । कतिपय तपाईहरु लाई थाहा नहुन पनि सक्छ अदुवाले मानिसको बिभिन्न स्वास्थ्य समस्या समाधान गर्छ । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ। यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।

१. यदि तपाईहरु लाई घाँटी दुख्ने, नाक सकसक भएर श्वास रोकिएमा, बारम्बार खोकी, रुघा लागेमा अदुवा प्रयोग गर्न सक्नु हुने छ । यसले यि सबै प्रतिकार गर्न सक्ने शक्ति छ । जसले गर्दा तपाईलाई फाईदा गर्दछ । अदुवा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो । जसको लागि अदुवाको चिया खानुहोस्।

२. अदुवाको प्रयोगले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ ।

३. मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ भने अदुवाले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ ।

४. अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ। अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ। एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो।

५. महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ। १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ।

६. अदुवाको प्रयोगले क्यान्सरबाट जोगाउछ । अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ। अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने गर्छ।

७. अदुवाले खानामा रुची भएकाहरुको लागी पनि लाभदायक गर्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ। दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस तपाईँको भोक नलाग्ने समस्या हट्छ।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया