यस्ता छन्, हरियो धनियाँका फाईदाहरु

हामी सबैले हरियो धनियालाई खानामा स्वाद बढाउनको लागि प्रयोग गर्ने गर्दछौँ। हरियो धनियाँको प्रयोगले खाना साँच्चिकै स्वादिष्ट पनि हुन्छ। धनियाँलाई मसलाको रुपमा अधिक प्रयोग गरिन्छ भने यसको चटनी पनि बनाईन्छ। जे सुकै गरिए पनि खानाको स्वादका लागि गरिन्छ। तर यो स्वादका लागि मात्र नभै हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी छ। अर्थात यसमा औषधीय गुण हुन्छ।

यस्ता छन् धनियाँका फाईदाहरु–
-हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ।
-अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ।
-आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ।
-हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ।

–हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन्।
-पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ।
-धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ।
-धनियाले रगतलाई शुद्धीकरण गर्छ ।,

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया