व्यक्तिगत खर्चमा बडाखोली क्वारेन्टाइनमा खाना सहयोग

मेहेलकुना। नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेशका सचिव भीमप्रकाश ओलीले क्वारेन्टाइनमा बसेका मानिसहरूका लागि खाना सहयोग गरेका छन्।

कोरोना सङ्क्रमण रोक्न गुर्भाकोट नगरपालिकाले नमुना मा. वि. बडाखोलीमा स्थापना गरेको क्वारेन्टाइनमा ओलीले मङ्गलबार खाना सहयोग गरेका हुन्।

ओलीले बडाखोलीकै होटल व्यवसायी बमबहादुर घर्तिसँग मिलेर क्वारेन्टाइनमा खाना सहयोग गरेका हुन्। ओली र घर्ती मिलेर क्वारेनटाइनमा रहेका ९० जना सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खाना खुवाएको गुर्भाकोट ६ का स्थानीय पुस्कर रेग्मीले बताए।

खाना सहयोग गर्ने ओली क्वारेन्टाइन रहेको नमुना मा. बि. मा लेखापालको रुपमा कार्यरत समेत छन्।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया