मुस्लिम आयोगले भन्यो, आवश्यक परे मदरसामा क्वारेन्टाइन बनाऊ  

काठमाण्डौं। मुस्लिम आयोगले कोरोना सङ्क्रमण रोकथामका लागि क्वारेनटाइन बनाउन देशभरका मदरसा प्रयोग गर्न दिने बताएको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रत्येक जिल्लामा क्वारेन्टाइन थप गर्न सरकारलाई मदरसा प्रयोग गर्न दिने बताएका हुन्।

विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा बढ्दै गएको र प्रत्येक जिल्लामा क्वारेन्टाइन थप गर्न आवश्यक भइसकेको भन्दै थप क्वारेन्टाइन निर्माणमा सरकारलाई सहयोग गर्न मुस्लिम आयोग तयार रहेको उल्लेख छ। देशभरी नै पर्याप्त सङ्ख्यामा होस्टेल सहितका मदरसाहरू रहेको र ती मदरसाहरुमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकेमा सरकारलाई सहज हुने भएका कारण थप क्वारेन्टाइन निर्माणका लागि पहल गर्ने आयोगले जनाएको छ।

राज्य विपदमा परेका बेला क्वारेन्टाइन प्रयोजनका लागि आफ्ना मदरसा भवन उपलब्ध गराएर सहयोग गर्न चाहने मदरसा व्यवस्थापन समितिहरूलाई मुस्लिम आयोगमा सम्पर्क गर्न पनि विज्ञप्ति मार्फत अपिल गरिएको छ।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया