काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन सदस्यको लिखित माग

सुर्खेत। नेपाली काङ्ग्रेस सुर्खेतको बैठक तत्काल बोलाउन माग गरिएको छ। काङ्ग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य रामबहादुर सिंहले तत्काल जिल्ला कार्य समितिको बैठक बोलाउन माग गरेका हुन्। सिंहले शुक्रवार पार्टीका जिल्ला सभापति कमलराज रेग्मीलाई लिखित अनुरोध गर्दै बैठक बोलाउन माग गरेका छन्।

संसारभर कोरोना भाइरसको सङ्क्रमण भइरहेको र त्यसको डरलाग्दो प्रभाव सुर्खेत जिल्लामा समेत देखिएको भन्दै कोरोना विरुद्ध लड्न जिल्ला पार्टीको आधिकारिक धारणा तय गर्न बैठक आवश्यक रहेको सिंहले बताए। कोरोना विरुद्ध प्रभावकारी कदम चाल्न जिल्ला पार्टी ढिलासुस्ती गरेको भन्दै उनले सम्भव भएसम्म सामाजिक दूरी कायम गरेर बैठक बस्नु पर्ने र सम्भव नभए भर्चुअल बैठक भएपनि जिल्ला सभापतिले बोलाउनु पर्ने माग गरेका छन्।

बैठक बोलाउन जिल्ला सभापति समक्ष पेश गरेको अनुरोध पत्रमा कोरोना सङ्क्रमण रोकथाम, उपचार र व्यवस्थापनबारे जिल्ला पार्टीले खेल्नुपर्ने भूमिकाबारे ७ बुँदे सुझाव समेत पेश गरिएको छ।

 

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया