काङ्ग्रेस महामन्त्रीको टिप्पणीः सरकार कुम्लो बोकी ठिमीतिर

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कोरोनाको आतङ्क बढिरहेका बेला सरकारको प्राथामिकतामा सुकुम्बासी आयोग पर्नु दुर्भाग्य भएको बचाएका छन्। बिहीवार सामाजिक सञ्जाल मार्फत  टिप्पणी गर्दै खड्काले महासङ्कटको बेला सरकारको मति र गति बिग्रिएको बताएका छन्।

आमनागरिकमा कोरोनाको आतङ्क, गुणस्तरीय परिक्षण सामाग्रीको अभाव, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा र मेडिकल सामाग्रीको अभाव र नागरिकलाई राहतको अभाव भईरहेका बेला सरकारको ध्यान सुकुम्बासी आयोगको गठनतर्फ केन्द्रीत हुनु कामकाज एकातिर , कुम्लो बोकी ठिमी तिर भन्ने बथान जस्तै भएको महामन्त्री खड्काको आरोप छ।

महामन्त्री खड्काले फेसबुकमा लेखेका छन्,

काेराेनाकाे कहरमा अामनगरिकमा काेराेनाकाे अातंक? गुणस्तरिय परिक्षण सामाग्रिकाे अझै पनि अभाव? काेराेना बिरुद्धकाे लडाईमा रहेका फाेर-फ्रन्टका लडाका चिकित्सक, -स्वास्थ्यकर्मि लाई गुणस्तरिय सुरक्षा सामाग्रि र मेडिकल सामाग्रिकाे अझै व्यापक अभाव?
कामगरि खाने मजदुर,बिपन्नवर्ग र अलपत्रमा परेका नागरिकलाई उचित राहतकाे अझै व्यापक अभाव?
तर हाम्राे सरकारकाे प्राथमिकता “सुकुम्वासि अायाेकाे” गठन?
वा..रे…सरकार☝️☝️☝️☝️☝️☝️☝️?
“कामकाज एकातिर , कुम्लाे बाेकि ठिमी तिर” भनेकाे !कथन! कतै यहित हाेईन ? सरकार..!
यत्राे महासंकटकाे बेलामा, हे सरकार ! यहि हाे मति र गति ?

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया