सरकारलाई मति र गति सुधार्न कांग्रेस महामन्त्री खड्काको आग्रह

काठमाण्डौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मति र गति सुधार्न सरकारलाई आग्रह गरेका छन्। देशमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गरेकोमा चिन्ता व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जाल मार्फत खड्काले सरकारलाई यस्तो आग्रह गरेका हुन्।

लकडाउनमा सम्झौता गरिनु हुँदैन भन्ने सरकारको मान्यतामा आफू पूर्ण सहमत भएको भन्दै महामन्त्री खड्काले ट्रेस, कन्ट्रयाक्ट ट्रेस र टेस्टको गति ढिला भएको गुनासो गरेका छन्। मुलुकमा कोरोना भाईरस संक्रमणको खतरा बढेको प्रष्ट संकेतहरु देखिएको बताउँदै उनले ट्रेस,कन्ट्रयाक्ट ट्रेस,र टेस्टको गति बढाउन सरकारलाई आग्रह गरे।

महामन्त्री खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, लकडाउनमा सम्झाैता गरिनु हुदैन, “सहमत!”
तर ट्रेस,कन्ट्रयाक्ट ट्रेस,र टेस्टकाे गति असाध्य- धिमा-धिमा- धिमा भाे ! हाम्राे सरकार !
यस्लाई युद्धस्तरमा✈️🚀 बढाउ सरकार ! ?????
काेराेना भाईरस संक्रमणमकाे खतरा हाम्राे मुलुकमा बढ्दैछ? यस्ता संकेत र लक्षणहरु देखिदै छन् ?खतराकाे घन्टि बज्दैछ?
समयमै मति र गति सुधार हाम्राे सरकार ?
अन्यःथा समय बलवान् छ,यस्ले कसैलाई पर्खदैन ???????

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया