गुर्भाकोटको क्वारेन्टाइन सुरक्षामा खटिएका असई कार्की भेरी नदिमा बेपत्ता

सुर्खेत। शसस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) भुपाल कार्की भेरी नदिमा बेपत्ता भएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि गुर्भाकोट नगरपालिकाले भेरी किनारमा रहको सिटी हलमा निर्माण गरेको क्वारेन्टाइन सुरक्षाका लागि खटिएका कार्की भेरी नदिमा शुक्रवार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका हुन्।

कार्की भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको शसस्त्र प्रहरी उपरीक्षक दिल बहादुर पन्तले पुष्टि गरे। गुर्भाकोट नगरपालिकाकै गुमी बेस क्याम्पमा कार्यरत रहेका कार्की गुर्भाकोट नगरपालिकाले मेहेलकुनाको सिटी हलमा निर्माण गरेको क्वारेन्टाइन सुरक्षाका लागि खटिएका थिए।

बेपत्ता असई कार्कीको खोजी कार्यका लागी जिल्लाबाट शसस्त्र प्रहरीको टोली, शमशेरगन्ज नेपालगन्जबाट आएको गोताखोरको टोली र नेपाल प्रहरीको टोली खटिएको छ।

कार्की गुर्भाकोट नगरपालिका वडा नं. ६ निमारेका स्थायी बासिन्दा समेत हुन्।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया