गजल 


कमाण्डरको आदेश मृत्यु भन्दा प्यारो हुन्छ।
तर आदेश गल्ती भए सार्‍है अप्ठ्यारो हुन्छ।

सहीलाई सही गलतलाई गलत भन्न नसक्दा,

नेतृत्वलाई असाध्यै मात चढ्छ र गार्‍हो हुन्छ।

सत्तारोहणको सुनौलो गद्दीमा चढेपछि,

महाशयको मन ढुंगा जस्तै सार्‍हो हुन्छ।

कूलो र कूलोलाई जता पनि लैजान सक्छौ,

सलल बगी जाने पानी भए पो धारो हुन्छ।

संकटमा गाउँ वस्तीमा जाउ राहत बाँड,

ललीपप नदेखाउ त्यो आँखाको छारो हुन्छ।

महाशय तिम्रो यस्तै गलत हर्कतले गर्दा,
देश डामाडोल हुन्छ र भविष्य अँध्यारो हुन्छ।
फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया