निर्मलाको न्याय 

प्रिय बहिनी निर्मला!
तिमी
ज्ञानको ज्योति बालेर
संसार जगमगाउने
मक्सद बोकेर
केही सहाराको खोजीमा
भौंतारिँदै गर्दा
अनयास
तिमी नरमेधहरूको
नरपिशाचहरूको
पाशविक पासोमा परेपछि
कानको जाली नै फूट्ने गरी
आँखाका नशाहरू नै टुट्ने गरी
घरका भित्ताहरू नै चर्किने गरी
टेक्ने धर्ती पनि थर्किने गरी
सुनिएको हो तिम्रो चीत्कार
बगेको हो रगत खेत खलिहानमा।

प्रिय बहिनी निर्मला!
तिम्रो पाशविकताको
जघन्य अपराधको भेद
जति गर्दा पनि नखुलेपछी
लाख प्रयत्न गर्दा पनि
दबिंदै
झन दबिंदै गएपछि
झन झन रहस्यमा रहेपछि
तिम्रो आश्चर्यजनक आत्मान्तेष्टिमा
कतै लहरो तान्दा पहरो गर्जिने
भयले हो वा के ले हो
गम्भीर शंका ज्यूँ का त्यूँ छँदैछ
त्यसैले
पुनः तिम्रो हत्याको फिराद पत्र
फेरि एकपटक
न्यायिक अदालतमा
पेश गर्न मन लागेको छ
त्यो अदालत यस्तो होस
जसरी तिलाड जेलको
जल्लादको तख्तामा
घाम झुल्किनुअघि
निर्भयाका दोषीहरू चढे जसरी
तिम्रा हत्याराहरू चढून
अनि
बनोस् इतिहासमै एउटा
शक्तिशाली नजिर

तिम्रो न्याय झुल्किओस
घाम झुल्कीएसरि।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया