सधैँ स्वस्थ रहन यस्तो गरौँ

  • सकारात्मक सोचको विकास गरौँ । बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गरौँ ।
  • आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षाजस्ता विषयले हुने तनाव भगाऔँ ।
  • नियमित दिनचर्याको ख्याल गरौँ । खाने–बस्ने, सुत्ने–उठ्नेजस्ता कुरामा सकभर एकरूपता दिऔँ । आफूले गर्ने कामको समय निश्चित गरौँ ।
  • शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गरौँ ।
  • हरेक दिन बिहान नास्ता खाने बानीको विकास गरौँ । यसले दिनभरि ऊर्जा दिन्छ ।
  • ध्यान गरौँ । ध्यान गर्दा दिमाग तेजिलो हुन्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।
  • नियमित स्वास्थ्य परीक्षण गरौं । जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ । यसरी सधैँ स्वस्थ रहन सकिन्छ ।
फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया