नेहाको नयाँ रेकर्ड

मुम्बई। भारतीय गायिका नेहा कक्करले युट्युबमा नयाँ रेकर्ड कायम गरेकी छन्। एक्सएक्ट्स चार्टस्ले हालै जारी गरेको सूचीमा नेहा युट्युबमा सबै भन्दा धेरै दर्शक पाउने दोश्रो नंबरको सेलिबे्रटी बनेकी हुन्।

एक्सएक्ट्स चार्टस्ले सन् २०१९ मा युट्युबमा विश्वभरबाट सबैभन्दा बढी दर्शक पाएका महिलाहरुको सूची तयार पारेको थियो।

यो रेकर्डले उनी अन्तर्राष्ट्रिय स्टार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

एक्सएक्ट्स चार्टस्को सूचीमा पहिलो नम्बरमा कार्डी बी छन्। उनले ४ दशमलब ८ बिलियन भ्यूज बनाएकी छन्। नेहाले ४ दशमलब ५ बिलियन भ्यूज बनाएकी छन्। नेहाले यो सूचीमा सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्लेकपिंक, केरल जी, निकी मिनाज र ग्रेन्डजस्ता चर्चित अनुहारलाई पछि पारेकी हुन्।

यो कुराको जानकारी नेहाले इन्स्टाग्राममार्फत फ्यानलाई जानकारी दिएकी हुन्। उनको यो पोस्ट सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ।

सामाजिक सन्जालमा सक्रिय रहने नेहा गायनले मात्र नभई ड्रेसिङ सेन्सका कारण पनि चर्चित छन्।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया